सडकका बिरुवामा क्षति पुर्याउनेलाई ललितपुर महानगरको एक लाख १० हजार जरिबाना
ललितपुर । अफिस छेकेको भन्दै सडकका बोट बिरुवालाई क्षति पुर्याउनेलाई ललितपुर महानगरपालिकाले १ लाख १० हजार जरिवाना तिराएकाे छ ।
श्री सिट स्केभ सीसीडेन्सी समाज ललितपुरलाई महानगरले एक लाख रुपैयाँ जरीवाना तिराएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए । गत मंसिर १६ गते नै समाजले उक्त जरिबाना तिरेको हो ।
बोट विरुवा हुर्काउन दशौँ वर्ष लाग्छ, तर पसल छेकिएको बाहनामा काटिदिँदा उक्त मेहनत खेर गएको हाछेथु बताउँछन् । यो जरिवानाले अन्यलाई सजग बनाउने विश्वास उनले व्यक्त गरे ।
महानगरपालिकाले यसअघि पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गर्नेहरूलाई पनि चर्को जरिबाना तिराउँदै आएको थियो ।
