बुधबार २४ मंसिर, २०८२

आज काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह, २ हजार २ सय ९ विद्यार्थी दीक्षित

आज काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह, २ हजार २ सय ९ विद्यार्थी दीक्षित

काठमाडौं- धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज भव्य रूपमा हुँदैछ । समारोहको पहिलो चरणमै २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुन लागेका छन्, जसमा १७ देशका १ सय ९६ विदेशी विद्यार्थी समेत छन् ।

समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सञ्चालन हुँदैछ । यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनलगायत वरिष्ठ पदाधिकारीको उपस्थिति रहने छ ।

समारोहमा जवाहरलाल-नेहरु विश्वविद्यालय (जेएनयू), नयाँदिल्लीका उपकुलपति प्रा.धुलिपुडी पण्डित प्रमुख अतिथिका रूपमा दीक्षान्त मन्तव्य दिने कार्यक्रम तय भएको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले जानकारी दिएका छन् ।

कुन स्कुलबाट कति विद्यार्थी ?

यसपटक दीक्षित हुने विद्यार्थीको विवरण यसप्रकार छ :

स्कुल अफ आर्ट्स – ८३

स्कुल अफ एजुकेसन- २९४

स्कुल अफ इञ्जिनियरिङ – ३४०

स्कुल अफ ल – ३६

स्कुल अफ म्यानेजमेन्ट – ३७८

स्कुल अफ मेडिकल साइन्सेज- ८८१

स्कुल अफ साइन्स – १९७

कूल गरेर पहिलो चरणमै २,२०९ विद्यार्थी दीक्षित हुँदैछन्।

तहअनुसार दीक्षित विद्यार्थी

विद्यावारिधी, डिएम र एमएसिच- ७

स्नातकोत्तर- ३९७

पिजीडी – ५०

स्नातक – १,७२८

१७ देशका १९६ विदेशी विद्यार्थी

दीक्षान्तमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्त राज्य अमेरिका र भियतनामका गरी १ सय ९६ विदेशी विद्यार्थी सहभागी भएका छन् । समारोहमा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदक र सम्मान समेत प्रदान गरिने छ ।

कुल ५० हजार ४० विद्यार्थी दीक्षित

३१औँ दीक्षान्त समारोहको यस चरणसम्म काठमाडौँ विश्वविद्यालयबाट दीक्षित विद्यार्थीको कुल संख्या ५० हजार ४० पुगेको उपकुलपति वाग्लेले बताए । तीमध्ये ५ हजार ८ सय ६० विदेशी विद्यार्थी रहेका छन्, जसले कुल संख्याको करिब १२ प्रतिशत ओगट्छ।

भारतका विद्यार्थी सबैभन्दा धेरै

हालसम्म दीक्षित विदेशी विद्यार्थीमध्ये सबैभन्दा ठूलो संख्या भारतका ४,९७६ विद्यार्थीको रहेको विश्वविद्यालयले जनाएको छ।

अन्य देशको विवरण यसप्रकारः

श्रीलङ्का – ३९९

अमेरिका – ८५

माल्दिभ्स – ७५

जर्मनी – ३३

बङ्गलादेश – २५

बेलायत – २१

क्यानाडा – २१

भुटान – २०

चीन – १९

जाम्बिया – १८

दक्षिण अफ्रिका – १४

पाकिस्तान – १३

अष्ट्रेलिया – १०

रुस – १०

उपकुलपति वाग्लेका अनुसार हालसम्म काठमाडौं विश्वविद्यालयबाट ५८ देशका विद्यार्थी विभिन्न तहका उपाधि प्राप्त गरिसकेका छन् ।