सेयर बजारमा गिरावट, ७९ कम्पनीको मूल्य बढ्यो
काठमाडौं– बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले गिरावट आएको छ। लगातार ६ दिन गिरावट भएको सेयर बजार बजार मंगलबार बढेको थियो।
सातौं दिन मंगलबार सुधार भएको सेयर बजार आज ८ अंकले गिरावट आएको हो। योसँगै आज नेप्से २६०६ अंकमा पुगेको छ।
आज ८० कम्पनीको मूल्य बढ्दा १६९ कम्पनीको मूल्यमा गिरावट आएको छ। यस्तै, ९ कम्पनीको मूल्यमा गिरावट आएको छ। कारोबार रकमका आधारमा आज तीन अर्ब ७३ करोडमा खुम्चिएको छ।
बैंकिङ ०.०५, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ तथा व्यापार ०.०२ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल छन् । यीमध्ये एसवाई प्यानल आजैदेखि कारोबारमा आएको हो । त्यस्तै लक्ष्मी लघुवित्तको ८.७६, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो ।
झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घट्यो । हिमस्टार ऊर्जा कम्पनीको ५.०५, सुपर मादी हाइड्रोपावरको ४.५९ तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स छन् ।
