बुधबार २४ मंसिर, २०८२

जेनजी आन्दोलनमा भाइरल रगत लतपतिएको जुत्ता खुश्बु ओलीको सारीमा देखियो, भन्छिनः यो विर आत्माहरुप्रतिको सम्झना हो

जेनजी आन्दोलनमा भाइरल रगत लतपतिएको जुत्ता खुश्बु ओलीको सारीमा देखियो, भन्छिनः यो विर आत्माहरुप्रतिको सम्झना हो

काठमाडौ । जेनजी आन्दोलनमा भाइरल भएको रगत  लतपतिएको जुत्ता  राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीको सारीमा देखिएको छ ।

उनले उक्त जुत्ता प्रिन्ट गरिएको सेतो साडीमा राष्ट्रिय झण्डा बोकेको  तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् । उनले उक्त सारी लगाउनुको कारण समेत लामो स्ट्याटस मार्फत प्रष्ट पारेकी छन् ।

सामाजिक सञ्जालमा लेखेकी छन्, 'मैले लगाएको सारी केवल एक पहिरन मात्र होइन, यो जेनजी आन्दोलनका वीर आत्माहरूप्रति हृदयदेखिको सम्झना, कृतज्ञता र निःशब्द सम्मानको प्रतीक हो। यो मैले तिनै साहशी शहीदहरूलाई समर्पित गरेर लगाएकी हुँ, जसले आफ्नो अमूल्य जीवन बलिदान दिए,  तिनै घाइतेहरूलाई, जो आज पनि अस्पताल र घरमा पीडासँग बाँचेका छन्।'

उनले भनेकी छन्, 'विद्रोही चिंगारीकै कारण अचानक राष्ट्रमा एउटा सुति रहेको चेतना जागृत भयो। गल्ती कहाँ भयो, र सुधार कहाँबाट सुरु हुनुपर्छ भन्ने बोध फेरि सबै माझ ताजा भयो ।'