सुन्तला र जुनारको भाउ बढ्यो, सरिफा घट्यो
काठमाडौं । स्थानीय बजारमा सुन्तला र जुनारको भाउ बढेको छ भने सरिफाको घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो ।
आज शुक्रबार जुनारको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बिहीबार जुनार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय २५ रुपैयाँ कायम छ ।
यस्तै शुक्रबार नेपाली सुनतलाको पनि भाउ बढेर प्रतिकिलो १ सय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आज शुक्रबार सरिफाको भाउ प्रतिकिलो ३३ रुपैयाँ घटेको छ । हिजो बिहीबार सरिफा प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो १ सय ९२ रुपैयाँ कायम छ ।
