नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३८८ जनाका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि पुष २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

