शुक्रबार २६ मंसिर, २०८२

दराज नेपालद्वारा बृहत् बचत तथा आकर्षक उपहारसहित '१२.१२ ग्राण्ड इयर एन्ड सेल' घोषणा

दराज नेपालद्वारा बृहत् बचत तथा आकर्षक उपहारसहित '१२.१२ ग्राण्ड इयर एन्ड सेल' घोषणा

काठमाडौँ । दराज नेपालले वर्षकै सर्वाधिक ठुलो सपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल पौष ३ सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सेल मार्फत ग्राहकहरूले ८० प्रतिशत सम्मको फ्ल्यास सेल, ७० प्रतिशत सम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदा  लिन सकिनेछ । 

यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरू मार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ  । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशत सम्मको छुट, गोल्ड पार्टनर र्‍होटो, ब्राण्डहाउस  र एईविबी मार्फत ६०% सम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५० प्रतिशत सम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ । 

यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ ।  क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सीमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक  फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नेछन् । 

यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १० प्रतिशत सम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरूको पनि व्यवस्था गरिएको छ । यो सुविधा मार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ । 

दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरू जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ । एड टू कार्ट एन्ड विन र  बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य रु. १२,९९९ पर्ने) लगायत उपहारहरू जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । 

बाई एन्ड विन अन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट रु. ५,००० भन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले निम्न उपहारहरूका लागि लक्की ड्रमा सहभागिता जनाउन सक्नेछन्ः

 मूल्य रु. १६,३०० पर्ने हावेल्स बन्डल – १ जना विजेता
 मूल्य रु. १४,९०० पर्ने  लोट्टो ईनर्जेक्स ह््वाइट नेभी रनिंग शुज – १ जना विजेता
 मूल्य रु. २,४९९ पर्ने रेडमी बड्स फाइभ ए – २ जना विजेता
 मूल्य रु ४,४९९ पर्ने सियाओमी क्यामेरा सी२०० – २ जना विजेता
ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेल मार्फत बृहत् बचत तथा ठुला आकर्षक अफरहरु दुवै प्राप्त गर्न सक्नेछन् ।