शुक्रबार २६ मंसिर, २०८२

आइएमई लाइफको नगद लाभांश घोषणा

आइएमई लाइफको नगद लाभांश घोषणा

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो।

कम्पनीको सञ्चालक समितिको बिहीबारको बैठकले हाल कायम  चुक्ता पुँजीको १०.५२३६२ प्रतिशतले हुने नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि यो लाभांश सेयरधनीलाई वितरण गरिने कम्पनीले बताएको छ।