प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जनालाई थप ३ दिन म्याद थप
काठमाण्डौ । प्रभु बैंकका सीईओ अशोक शेरचन सहित तीनजनालाई थप ३ दिन म्याद थप गरिएको छ ।
उच्च अदालत पाटनले सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ३ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
तीनजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत मंसिर १४ गते बैंकिङ कसुरमा बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट पक्राउ गरेको थियो ।
यससँगै अदालतले २ दिन, दुईपटक ५ दिन र आज ३ दिन गरी चारपटक म्याद थप गरेको छ ।
