शुक्रबार ०४ पुस, २०८२

जुवातास खेलेको आरोपमा डल्लुबाट ६ जना पक्राउ

जुवातास खेलेको आरोपमा डल्लुबाट ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लुबाट जुवातास खेलेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दाबन नरपालिका–६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका–४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।