बुधबार ०२ पुस, २०८२

कम खर्चमा निर्वाचन गराउने तयारी, किफायती बन्न प्रधानमन्त्रीको आग्रह

कम खर्चमा निर्वाचन गराउने तयारी, किफायती बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको लागि कुल ७ अर्ब रुपैयाँ लाग्ने आँकलन गरेको छ । सोहि अनुसारको बजेट माग गर्दै निर्वाचनको लागि ७ अर्ब ८१ अर्ब रुपैयाँ थप निकाश गरिदिन सरकारलाई भनेको थियो । 

आयोगको पत्र अर्थ मन्त्रालयमा पुगे पछि मन्त्रालयले छलफल गरेर ५ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चितता समेत गरिसकेको छ । करिब साँढे २ अर्ब  रुपैयाँ कम गरेर स्रोत सुनिश्चितता गरेको छ । नियामित खर्चको लागि आयोगलाई करिव ६१ अर्ब रुपैयाँ मात्रै विनियोजन भएको छ । 

अब यहि आँकडामा रहेर आयोगले अब खर्च पर्नुपर्ने छ । बजेट थपको लागि पहल गरेपनि त्यहि खर्चले पुर्याउनु पर्ने स्थिति रहेको अर्थमन्त्री र प्रधानमन्त्रीले समेत बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा समेत बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले थोरै स्रोत साधानले निर्वाचन गराउने ध्यानमा सरकार रहेको बताएकी छन् ।

उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरेकी हुन् ।

 उनले भनिन् ,‘गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको यहाँहरुलाई विदितै छ । हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ। आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेका छौँ । निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ ।’

त्यसैले उक्त मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै रहेको उनको भनाई छ ।