साढे चार अर्ब लगानीको प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती लगानी गर्न प्रस्ताव आह्वान गरेको छ ।
केन्द्रीय बैंकले चार अर्ब २४ करोड ४६ लाख रुपैयाँ निक्षेपमा लगानी गर्न बिहीबार (पुस ३) सूचना जारी गरेको हो । यो रकम वाणिज्य, विकास र वित्तीय कम्पनीमा गरिनेछ ।
वाणिज्य बैंकका लागि तीन अर्ब २९ करोड ५८ लाख, विकास बैंकका लागि ६३ करोड ६६ लाख रुपैयाँ र वित्त कम्पनीका लागि २१ करोड २२ लाख रुपैयाँ छुट्याइएको छ । लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबार (पुस ४) प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।
