संखुवासभाको एउटै गाउँमा अलैँची बेचेर सवा करोड आम्दानी, किसानले पैसा बाँडेको तस्बिर भाइरल
विराटनगर । ‘कालो सुन’ भनिने अलैँची खेतीबाट किसानले कमाएको रकमसम्बन्धी संखुवासभाको एक खबरले चर्चा कमाएको छ ।
सिलिङचोङ गाउँपालिका-१ सिसुवाखोला गोगनेका किसानले बेचेको अलैँचीको पैसा टेबलमा राखेर बाँडफाँट गरेको तस्बिरसँगै उनीहरूको मेहनत र परिश्रमको चर्चा भइरहेको छ ।
गोगनेबासीले सात वर्षदेखि सामूहिक रूपमा आलैची खेती गर्दै आएका छन् ।
अलैँची खेतीबाट उनीहरूले यस वर्ष १ करोड १७ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेका छन् । गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङ्गले सञ्जालमा भाइरल भएका तस्बिर आफ्नै पालिकाको भएको बताए ।
