नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती (सुरेश) निर्विरोध निर्वाचित भएका छन् ।
नाडाको पौष २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समयसम्म उप्रेतीको मात्रै उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
२५ गतेका लागि तोकिएको निर्वाचन कार्यक्रमका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो । यस समयभित्र उप्रेतीको मात्रै उम्मेद्वारी परेको हो । अरु कसैको उम्मेद्वारी नपरेपछि उनी निर्विरोध अध्यक्ष चुनिएका हुन् ।
उप्रेती नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । यसअघि कोषाध्यक्षको भूमीका समेत सफलतापूर्वक निर्वाह गरिसकेका उनले त्यसअघि विभिन्न समितिमा बसेर काम गरेका थिए ।
एसटीसी ग्रुपका प्रबन्ध निर्देशक रहेका उनी टायर, लुब्रिकेन्ट, ब्याट्रीसहित विभिन्न स्पेयर पार्टस् व्यवसायमा संलग्न छन् । उनले चाँडै गाडीसमेत आयात गर्ने तयारी अघि बढाएका छन् ।
नाडाको ४९औँ वार्षिक साधारणसभा गत पौष ९ मा भएको थियो । निर्वाचन भने पौष २५ गतेका लागि तोकिएको छ । अध्यक्ष उप्रेती निर्विरोध भएपनि यसको औपचारिक घोषणा भने पौष २५ गते मात्रै हुनेछ ।
