मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलायो
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको उक्त आयोगले मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो ।
आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुसँग बयान लिइसकेको छ ।
