सोमबार २८ पुस, २०८२

राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ। 

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बिच महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेकी हुन्। 

नेपालको संविधानअनुसार महान्यायाधिवक्ताको कार्यालयले हरेक वर्ष आफूले सम्पादन गरेका कामकारबाहीको विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।