सोमबार २८ पुस, २०८२

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन्। 

विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाविधेशन प्रतिनिधिले बुधबरा काठमाडौँमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको आह्वान गरेका हुन्। उनीहरूले महाधिवेशन प्रतिनिधिलाई उपस्थितिका लागि आग्रह गरेका छन्। 

उनीहरूले भनेका छन्, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दर्छौं।’