सुनको मूल्य तोलाको २ लाख ७० हजार बढी, चाँदीको मूल्यमा पनि कीर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार भइरहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
