सोमबार २८ पुस, २०८२

ईभी इकोसिस्टम रणनीतिक विस्तारमा अग्रसर सिप्रदी, देशभर १८५ भन्दा बढी चार्जिङ स्टेसन

ईभी इकोसिस्टम रणनीतिक विस्तारमा अग्रसर सिप्रदी, देशभर १८५ भन्दा बढी चार्जिङ स्टेसन

काठमाडौं । सिप्रदीले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) इकोसिस्टमको विकासमा रणनीतिक अग्रसरता देखाउँदै देशव्यापी रूपमा व्यापक चार्जिङ र सेवा नेटवर्क विस्तार गर्दै आएको छ।

ईभी प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सिप्रदीले चार्जिङ, सेवा तथा ब्याट्रीसम्बन्धी पूर्वाधारलाई निरन्तर सुदृढ गर्दै आफ्नो ईभी इकोसिस्टमलाई दीर्घकालीन रूपमा मजबुत बनाउँदै आएको छ।

हाल सिप्रदी नेटवर्कमा १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी ईभी–समर्पित सेवा केन्द्र र ईभी ब्याट्रीको अवस्था परीक्षण तथा पुनःस्थापनाका लागि विशेष ब्याट्री डायग्नोस्टिक तथा रिस्टोरेसन सुविधा सञ्चालनमा रहेका छन्।

चार्जिङ नेटवर्कले प्रमुख सहरी क्षेत्र, व्यापारिक केन्द्र, मुख्य राजमार्ग र आवागमन बढी हुने स्थानहरू समेटेको छ, जसले ईभी प्रयोगकर्तालाई सहज, सुरक्षित र निश्चिन्त यात्रा सुनिश्चित गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

रणनीतिक स्थानमा स्थापना गरिएका चार्जिङ स्टेशनहरूले लामो दूरीको यात्रामा समेत चार्जिङको समस्या न्यून बनाउने अपेक्षा गरिएको छ।

सिप्रदीले ईभी प्रवर्द्धनमा निरन्तरता दिन एक्सचेञ्ज क्याम्पमार्फत बुकिङ गर्ने ग्राहकहरूले जीवनभर निःशुल्क चार्जिङ सुविधा पाउने सुविधा पनि उपलब्ध गराउँदै आएको छ। यसले ईभी स्वामित्वलाई अझ किफायती र पहुँचयोग्य बनाउँदै दीर्घकालीन रूपमा ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास गरिएको छ।

कम्पनीका अनुसार, चार्जिङ स्टेशन, सेवा केन्द्र र ब्याट्री सपोर्ट सुविधाको निरन्तर विस्तारले नेपालमा ईभी स्वामित्वको अनुभवलाई सहज, भरपर्दो र दीगो बनाउनेछ। यसले व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ताबीच ईभीको स्वीकार्यता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने छ।

सिप्रदीले आगामी दिनमा पनि ईभी पूर्वाधार विस्तार, ग्राहक सेवा सुदृढीकरण र वातावरणमैत्री यातायात प्रवर्द्धनलाई निरन्तर प्राथमिकतामा राख्दै लगानी गर्दै आएको छ। जसले गर्दा नेपाल सरकारको ईभी प्रवर्द्धन नीति तथा दिगो यातायात विकास लक्ष्यलाई मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । 

भरपर्दो चार्जिङ, सेवा र ब्याट्री सपोर्ट नेटवर्कमार्फत सिप्रदीले नेपाललाई हरित, स्वच्छ र स्मार्ट मोबिलिटीतर्फ निरन्तर अघि बढाउँदै आइरहेको छ ।