सोमबार २८ पुस, २०८२

गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी नियुक्त

गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द भण्डारी नियुक्त

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) लाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।