मंगलबार २९ पुस, २०८२

भद्रपुरमा जहाजको ढोका खोल्न सहयोग गर्ने यात्रुलाई १ लाख नगदसहित बुद्धको सम्मान

भद्रपुरमा जहाजको ढोका खोल्न सहयोग गर्ने यात्रुलाई १ लाख नगदसहित बुद्धको सम्मान

काठमाडौं । बुद्ध एयरले दुई साताअघि झापा भद्रपुरमा दुर्घटनामा परेको जहाजमा ढोका खोल्न मद्दत गरेका यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ ।

२ जनवरी २०२६ मा काठमाडौंबाट भद्रपुर गएको उडान नम्बर ९०१ को जहाज दुर्घटनामा परेको थियो । कठिन परिस्थितिमा तामाङले देखाएको सहयोगप्रति आभार व्यक्त गरिएको समेत कम्पनीले जनाएको छ ।

उनले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रुलाई सुरक्षित बाहिर निकाल्न सहयोग पुर्‍याएका थिए । महत्त्वपूर्ण भूमिकाको उच्च कदर गर्दै आज भद्रपुरमा उनलाई १ लाख नगद पुरस्कार सहित सम्मान गरिएको हो ।