बुधबार ३० पुस, २०८२

पूर्वनिर्धारित योजना रहेछ, पार्टी  सकिन बचाउन सकिनँ : पूर्णबहादुर खड्का

पूर्वनिर्धारित योजना रहेछ, पार्टी  सकिन बचाउन सकिनँ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ। सानेपामा बसेको बैठकमा यो निर्णय गरेको हो।

महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा अन्य पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ। यसबीच, पटकपटक संस्थापन पक्षीय नेतासँग भएको वार्ता असफल भएपछि देउवा पक्षले अन्तिम क्षणमा उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।

कारबाहीको निर्णय सुनाउँदै गर्दा केन्द्रीय कार्यसमिति बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का भावविह्वल देखिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा खड्का भावविह्वल बनेका थिए । ‘यतिधेरै गर्दानी नमान्दा पूर्वनिर्धारित योजना रहेछ, पार्टी  सकिन बचाउन सकिनँ,’ खड्काले बैठकमा भनेका थिए ।

 उनी थप भावविह्वल बनेको सुनाउँदै ती केन्द्रीय सदस्यले थपे, ‘सबै यत्न प्रयत्न गर्दा पनि साथीहरू लाई मनाउन सकिनँ ।’