निस्क्रिय कर्जा व्यवस्थापनमा सुधार, ब्याज भुक्तानी भएको तीन महिनामै कर्जाको स्तोरन्नती हुने
काठमाडौ । नेपाल राष्ट्र बैंकले निस्क्रिय कर्जाको स्तरोन्नती हुने अवधि घटाएर ३ महिनामा झारेको छ ।
अब बैंकहरुले कमसल, शंकाष्पद र खराब कजार्मा वर्गीकरण भएका कर्जालाई भाखा नाघेको सम्पूर्ण वक्यौता रकम भुक्तानी भई नियमित भएको ३ महिनापछि असल वर्गमा वर्गीकरण गर्न पाउने भएका हुन् ।
यसअघि ६ महिनापछि मात्र असल बर्गमा बगीकरण गर्न पाउने व्यवस्था थियो । केन्द्रिय बैंकले एकिकृत निर्देशन संसोधन गर्दै ३ माहिनासम्म जुन वर्गमा थियो सोही वर्गमा राखी कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने र ३ महिना नियमित भएपछि मात्र असल वर्गमा वर्गीकरण गर्नसक्ने व्यवस्था गरेको हो ।
३ महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल, ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा शंकास्पद, १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कजालाई खराब कर्जाको रुपमा वर्गीकरण गरिएको छ ।
