Category: व्यवस्थापन
-
किमाथाङ्का,६ जेठः सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन राष्ट्रिय गौरवको च्याम्ताङ–घोङगोप्पा सडक । भौगोलिक विकटताका कारण किमाथाङ्का– खाँदबारीको १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी लगेर गरिरहेको छ । तस्बिरः भविन कार्की/रासस
-
लम्की (कैलाली), ६ जेठ ः राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना । सो सिँचाइ आयोजनाबाट ४.१ मेगावाट विद्युत उत्पादन सुरू भएको छ । आयोजना सम्पन्न भएपछि कैलालीको पूर्वी, दक्षिण पालिकाको ३८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । तस्बिर ः देवानन्द न्यौपाने÷रासस
-
काठमाडौं, जेठ ३ स्पार्क कारले शुक्रबार ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तर्क्रिरया आयोजना गर्ने भएको छ । कम्पनीले पर्यापर्यटनमा विश्वको अवस्था, पर्यापर्यटन तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले गरेका काम, यसको चुनौती र सम्भावना लगायतमा छलफल हुने स्पार्क कारका कार्यक्रम संयोजक अमरदीप भट्…
-
कञ्चनपुर, ३ जेठ ः शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित निर्माणाधीन नगरस्तरीय कवर्ड हल । बहुवर्षे योजना अन्र्तगत रु तीन करोड २५ लाखको लागतमा कवर्ड हल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
-
काठमाडौं, जेठ १ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले …
-
राजविराज (सप्तरी), ३१ वैशाख कोशी नदिको बाढीबाट गाउँ जोगाउने उद्देश्यले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका -४ डलुवामा ढुङ्गा, तारजालीसहित निर्माण गरिएको अस्थायी तटबन्ध । तस्बिर ः अरुणकुमार यादव÷रासस
-
म्याग्दी २७ वैशाख ः म्याग्दीको मालिका गाउँपालिका १ र ६ नम्बर वडाको सिमाना छ्यारछ्यारेस्थित म्याग्दी नदीमा हालै निर्माण सकिएको मोटरेबल पुल । पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो पुल निर्माण गरेपछि मालिकाको १ र मङ्गलाको ५ नम्बर वडा दरवाङ बजारसँग सिधा यातायात सञ्जालमा जोडिएको छ । तस्बिर ः सन्तोष गौतम÷ रासस
-
मुगु, २६ वैशाख : कर्णाली प्रदेशको हिमाली जिल्लामा अवस्थित पर्यटकीय दृष्टिकोणले प्रसिद्ध रारा ताल जाने छोटो दुरीको सडक निर्माण कार्य हुँदै । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका तलीतुम गाउँबाट लामाचौरसम्म सडक विस्तारको कार्य भएको हो । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस
-
दाङ, २५ वैशाखः दाङको घोराही उपमहानगरपालिका–१६ स्थित वयरबटुवाका स्थानीय किसान मङ्गलबार बिहान घोडामा राखेर घोराही बजारमा चामल बिक्री गर्न आउँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
पाँचथर, २३ वैशाखः खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ चुक्फारा, डाँडागाउँ, माझीगाउँ, सिमखर्कलगायत बस्तीका लागि सोही योजनाको पाइपलाइनमा ट्याङ्करबाट पानी लगाइँदै । यहाँका ३०० बढी घरपरिवारलाई उनीहरुकै सक्रियतामा यही वैशाख १५ गतेदेखि ट्याङ्करको सहायताले खानेपानीको व्यवस्था गर्न थालिएको…
-
म्याग्दी, २१ वैशाखः म्याग्दीको मङ्गला गाउँपालिका–५ कुरसिम्लादेखि पाखु जाने बाटोमा पर्ने गौडाको भिरमा ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाउँदै स्थानीयवासी । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवालाई परिचालन गरेर पदमार्ग निर्माण गर्न लागिएको हो । तस्बिर सन्तोष गौतम/रासस
-
भरतपुर (चितवन), १७ वैशाख : नारायणी नदीमा तटबन्ध निर्माण कार्य गरिँदै । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तस्बिरः कृष्ण आचार्य / रासस
-
दार्चुला, १७ वैशाख : नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमा रहेको झोलुङ्गे पुल । यो पुलबाट सर्वसाधारणलाई हरेक दिन बिहान ६ बजेदेखि बेलुका ७ :३० बजेसम्म आवतजावत खुला रहने गर्दछ । तस्बिर ः रत्न श्रेष्ठ/ रासस
-
बरहथवा (सर्लाही), १६ वैशाख पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको हरिवन नगरपालिका–४, लखन्देही पुल नजिकै आइतबार सडकको गतिविधि नियाल्न सिसि क्यामेरा जडान गर्दै प्राविधिक । तस्बिर ः सिंगबहादुर थापा÷रासस
-
भरतपुर,११ वैशाख : चितवनको इच्छाकामना गाउँपालिका-१ थाप्राङमा आगलागीले दिलकुमारी चेपाङको घर जलेपछि नयाँ निर्माण हुँदै गरेको घरको स्थलगत निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ र पालिकाका प्राविधिक । स्थानियको श्रमदानबाट निर्माण गरिएको घरमा गाउँपालिकाले जस्तापाता दिने भएको छ । तस्बिर : कृष्ण आचार्य/रासस
-
काठमाडौँ, ६ वैशाख ः काठमाडौँ महानगरपालिका– १६ स्थित बालाजुको बाइसधारा उद्यान परिसरमा रहेको बाइस धारा । यस वर्षको वैशाख ११ गते (ल्हुति पुन्हि) मा बालाजु बाइसधारा मेला लाग्ने गर्छ । तस्बिर ः हरिराम भेटुवाल÷रासस
-
तनहुँको ऋषिङ्ग गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह । यो प्याकेजमा हालसम्म ५२ दशमलव ४५ प्रतिशत प्रगति हासिल भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
-
गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेत र वडा नम्बर ३ लुसीकाङ गाउँ जोड्न बुढी गण्डकी नदीमाथि भिर खोपेर झोलुङ्गेपुल निर्माण गरिँदै । तस्बिरः दीपक श्रेष्ठ/रासस
-
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पृथ्वीराजमार्गको तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पक्की पुल । रु एक अर्ब २१ करोडको लागतमा यहॉ पुल निर्माणको काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
-
बागलुङको ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ खल्टुबोटमा निमार्णाधीन १३२ केभीको सवस्टेशन । तीन वर्षअगाडि सुरु भएको सवस्टेशन निर्माण कार्य हालसम्म ८० प्रतिशत सम्पन्न भएको छ । तस्बिरः डम्मर बुढामगरररासस
-
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० खोपासीमा सञ्चालनमा रहेको 'फ्रेण्डशिप पेपर' उद्योगमा सुकेको नेपाली कागज व्यवस्थापन गर्दै मजदुर । तस्बिर ः पेमा लामा / रासस
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
क्षेत्रीय जल चुनौतीहरू सम्बोधन गर्न जोर्डनमा अरब जल सम्मेलन
गाजा युद्धविरामका लागि हमास ‘तयार’
टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला
उपनिर्वाचन : स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार मतदान हुँदै, सम्पूर्ण तयारी पूरा
रूसी रक्षामन्त्री उत्तर कोरिया भ्रमणमा