खेलकुद
-
काठमाडौं, १७ माघ । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । …
-
काठमाडौं, १७ माघ । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल जित्न नेपालले १५८ रनको बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर …
-
काठमाडौँ, १७ माघ । महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । नेपालको प्लेईङ–११ : इन्दु बर्मा (कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, रुविना क्षेत्री, कविता…
-
काठमाडौं, १६ माघ । नेपाल पुलिस क्लबमाथि ४-० को सहज जित हासिल गर्दै एपीएफ क्लब एन्फा राष्ट्रिय महिला लिगको च्याम्पियन बनेको छ। बुधबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा एपीएफलाई च्याम्पियन बनाउन सविता रानामगरले दुई तथा सरु लिम्बु र अनु लामाले एक गोल गरे। सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन्…
-
पोखरा, १६ माघ । पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि आठौं विरेन स्मृति एवम् १८ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष अशिम थापाले माघ २२ गतेद…
-
काठमाडौं, १६ माघ । नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिएकी छन्। करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन्। यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन्। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महि…
-
काठमाडौँ, १६ माघ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फाल्गुन ११ गतेदेखि काठमाडौंमा हुने भएको छ। राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी दिएको हो। प्रतियोगितामा ए डिभिजन, वि…
-
काठमाडौं, १६ माघ । सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ । लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता…
-
काठमाडौं, १६ माघ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ । मंगलबार आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर एक कार्यक्रमका बीच सहिद गेटमा ट्रफी अनावरण गरेको हो । माघ १…
-
काठमाडौं, १५ माघ । ललितपुरको जावलाखेलमा अवस्थित डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौँ फुटसल प्रतियोगिता १६ गतेबाट आयोजना गर्ने भएको छ । कलेजका प्रिन्सिपल सुमन बस्नेतका अनुसार आफ्नै फुटसल मैदानमा सञ्चालन हुने उक्त देशकै सर्वाधिक धनराशिको प्रतियोगितामा विजेता टिमलाई ३ लाख नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेत…
-
काठमाडौँ, १४ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० शृंखलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ। क्यानले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्या…
-
काठमाडौं, १३ माघ । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो। मुलपानी क्रिकेट मैदानमा (तल्लो) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको ए…
-
काठमाडौं, १३ माघ । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको ई स्पोर्ट्स संघ नेपालले जनाएको छ । च्…
-
काठमाडौं, १३ माघ । सभापति कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज (आइतबार) न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । खेल त्रिपरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे हुनेछ । आजको खेलसँगै सेमिफाइनलको समीकरण पूरा हुनेछ ।
-
काठमाडौं, १२ माघ । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो । सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको…
-
काठमाडौँ, ११ माघ । आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो …
-
काठमाडौँ, ११ माघ । नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोले आइसिसी यू–१९ महिला टी२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर बनेकी छन् । शुक्रबार भइरहेको मलेसियासँगको प्लेअफ खेलमा ४ विकेट लिँदै उनी हालको अवस्थामा सर्वाधिक विकेट टेकरको शीर्षमा उक्लिए…
-
काठमाडौँ, ९ माघ । नेपाल आईसीसी यू–१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै जितविहीन रह्यो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा मह…
-
काठमाडौं, ९ माघ । यू-१९ महिला टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ । मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो । अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनो…
-
काठमाडौँ, ९ माघ । आइसिसी यू–१९ महिला टी-२० विश्वकप अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दैछ । बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । यसअघिका दुवै खेलमा पराजित नेपालका लागि सुपर सिक्समा पुग्ने झिनो स…
-
काठमाडौं, ८ माघ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई नौ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोरनजिक पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कोशीले स…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु