शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार

शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ ।

प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ ।