दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतको अनुमति

काठमाडौं, २३ मंसिर । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुद्ध आज (आइतबार) ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

अहिले साइबर ब्यूरोले भने प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भनि दिएको अभिव्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।