ह्यात प्लेसको ब्रान्ड परिवर्तन, बन्यो ‘ह्यात सेन्ट्रिक’

ह्यात प्लेसको ब्रान्ड परिवर्तन, बन्यो ‘ह्यात सेन्ट्रिक’

काठमाडौं, १७ पुस ।  काठमाडौंको सोल्टीमोडस्थित पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन  भएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई एक पत्र लेख्दै ह्यात प्लेस सञ्चालक सिटी होटल लिमिटेडले होटलको ब्रान्ड परिवर्तन गरेर ‘ह्यात सेन्ट्रिक’ बनाएको जानकारी गराएको हो । 

यसअघि सिटी होटल लिमिटेडले ह्यात प्लेस ब्रान्डमा यो पाँचतारे होटल सञ्चालन गर्दै आएको थियो । 

१० रोपनी क्षेत्रफलमा अवस्थित ह्यात सेन्ट्रिकमा १ सय ५३ कोठा सञ्चालनमा रहेका छन् । नेपाली सांस्कृतिक वातावरण झल्को दिने गरी  सबै कोठा बनाइएका छन् । 

होटलमा ब्रेकफास्ट बार, जिङ वल्र्ड, जिङ स्काई बार, ब्यांक्वेट हल, सम्मेलन कक्ष, फिटनेस सेन्टर लगायत सेवा सुविधा उपलब्ध छन् । 

नेपालको होटल व्यवसायको क्षेत्रमा ह्यात सेन्ट्रिकले नयाँ अवधारणाको थालनी गरेको कम्पनीले जनाएको छ ।

यसको हाल सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ हाराहारीमा रहेको छ ।