पाथीभरा केबलकार विवादः वार्ता विनानिष्कर्ष टुंगियो, बैठक आज पनि बस्दै
काठमाडौं, २२ माघ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको सोमबार राती भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच ललितपुरमा भएको वार्ता सरकारात्मक भए पनि निष्कर्षमा भने पुग्न सकेन ।
आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जानकारी दिए । “वार्ता सकारात्मक भयो तर कुनै निष्कर्ष निस्किएको छैन, आज ११ बजे पुनः बस्ने सहमति भएको छ”, उनले भने ।
वार्ताका क्रममा आन्दोलनरत पक्षबाट केबलकार निर्माण स्थगित र पक्राउ परेकालाई रिहा गर्नुपर्नेलगायत माग प्रस्तुत भएका जनाइएको छ ।