कला
-
सुर्खेत, १२ असारः जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा रहेको ऐतिहासिक पाण्डु गुफामा रहेको पाँच पाण्डवको कलात्मक मूर्ति । पाँच पाण्डवहरु वनवासको समयमा यहाँ तपस्या गरेको किम्वदन्ती रहीआएको स्थानीय बताउँछन् । तस्बिरः सुरेश आचार्य/रासस
-
दाङ, ५ असार : दाङको घोराही उपमहानगरपालिका-१ सिमलतारा स्थित बबै नदीको मुहान सरयू राम मन्दिर परिसरमा निर्माण गरिएको हनुमानको मूर्ती । पबित्र सरयू नदीको उद्गम स्थानमा जनस्तरबाट निर्माण भएको पचपन्न फिट अग्लो मूर्ती नेपालकै अग्लो दाबी गरिएको छ । तस्विर: कुलदीप न्यौपाने /रासस
-
काठमाडौँ, ५ असार : दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स : अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो । सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकार…
-
गण्डकी, ४ असार : कास्कीको पोखरा महानगरपालिका–१६ स्थित महेन्द्रगुफा परिसरमा निर्माणाधीन सङ्ग्रहालय भवन । गण्डकी प्रदेश सरकारको लगानीमा महेन्द्रगुफाको सौन्दर्यीकरण योजनामा सो सङ्ग्रहालय निर्माण कार्य सुरु गरिएको हो । तस्बिर : रामबहादुर थापा/रासस
-
म्याग्दी, ४ असारः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले तालिम सञ्चालन गरेको हो । असार १ गते शनिब…
-
डुम्रे (तनहुँ), ३१ जेठ : तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा परम्परागत ढङ्गले आरनमा काँचो फलामको औजार बनाउँदै स्थानीय शिल्पी । तस्बिर : मिला दरै / रासस
-
म्याग्दी, ३० जेठ : संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् । युवा र पुरुषहरु विदेशिएका कारण जनशक्ति नहुँदा बिवाह, छेवार, ब्रतबन्ध, किरियामा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि पात्लेखेतका महिलाले व्ययसायिक रुपमा बाजा बजाउन…
-
कञ्चनपुर, ३० जेठ ः शुक्लाफाँटा नगरपालिका-१२ कालागौंडीका कुमाले माटोबाट निर्मित भाँडा घाममा सुकाउँदै । पछिल्लो समय माटोका भाँडाकुडाको माग बढ्दो रुपमा रहेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु /रासस
-
काठमाडौँ, २९ जेठ : दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जग्गा कहाँकहाँ कति छ भन्ने अद्यावधिक अभिलेख निजी गुठी सञ्चालकसँग नै नरहेको पाइएको छ । निजी गुठी सञ्चालकको समिति त छ तर समितिसँग गुठीक…
-
काठमाडौँ, २९ जेठः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनीमा आफ्नो परम्परागत काष्ठ मूर्तिकला ‘२१ तारा’ को साथमा कलाकार सुरेश लवट तुलाधर । उहाँले बनाउनुभएको यो कलाले ५०० भन्दा बढी कलाकृतिमा सर्वोत्कृष्ट हुँदै रु एक लाख पुरस्कार प्राप्त गरेको छ । तस्बिरः नारायण ढुङ्गाना/रासस
-
सुर्खेत,२९ जेठः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल देउतीबज्यै मन्दिरमा आज बिहान पूजा आराधना गर्न आएका भक्तजन । तस्बिरः सुरेश आचार्य/रासस
-
मुगु, २९ जेठः सुदुरपश्चिम र कर्णालीवासीको आस्थाको केन्द्र थार्प मष्टाको थान । छायाँनाथ रारा नगरपालिका वडा न १३ थार्प गाउँमा अवस्थित यो थान १२ भाइ मष्टा मध्येको प्रमुख, प्रसिद्ध र तपस्वी मानिन्छ । मष्टोसँग भाकल गरे मनोइच्छा पूरा हुने भन्दै देशभरसहित छिमेकी देश भारतबाट समेत मष्टो पुजकहरु थार्प मष्टोको दर्शन तथा पूजा गर्न…
-
कमलामाई, २४ जेठः सिन्धुलीको कमलामाई नगरपालिका–४ ज्यामिरेका महिला आफूले बनाएको चकटी देखाउँदै । कमलामाई नगरपालिका–४ को वडा कार्यालयले यहाँका ५० जना महिलालाई १० दिने तालिममा पराल, बाबियो, थाकल, खर र खोस्टाको चकटी बनाउन सिकाएको थियो । उनीहरु आज भोलि चकटी बिक्री हुने बजारको खोजीमा छन् । तस्बि…
-
डडेल्धुरा, २१ जेठ ः बडाकाजी अमरसिंह थापाको सोमबार सालिक अनावरणका क्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलगायत । तस्बिर ः धनबहादुर भण्डारी / रासस
-
काठमाडौँ, २१ जेठ : गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस), केन्द्रीय कार्यालयद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ विषयक तस्बिर प्रदर्शनी अवलोकन गर्दै नेपाल, भारत र बङ्गलादेशका सञ्चारकर्मी । तस्बिरः रत्न श्रेष्ठ/रासस
-
सुनसरी, २० जेठः सुनसरीको इनरुवा–२ का महम्मद इस्ताक खान गर्मीमा उपयोग हुने हाते पङ्खा (बेना) बनाउँदै । शारीरिक रुपमा अपाङ्गता उनले पाँच वर्षदेखि हाते पङ्खा बनाउँदै आएका छन् । पङ्खा प्रति गोटा रु २० मा बिक्री हुने उनी बताउँछन् । तस्बिरः नवीन गड्तौला/रासस
-
बेनी, १८ जेठः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क ढाका बुनाइ तालिममा ढाकाको कपडा बुन्दै महिला । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर र व्यवसायी बनाउनका लागि एक महिने ढाका बुनाई तालिम सञ्चालन गरेको छ । तस्बिरः कमल खत्री/रासस
-
गोदार(धनुषा), १८ जेठः भगवान् रामले तोडेको ‘धनुष’ को टुक्रा झरेको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीयस्थल धनुषाधामस्थित धनुषद्धार । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
-
गण्डकी,१७ जेठः कास्कीको मादी गाउँपालिका–१ सिक्लेसीको गुरुङ समुदायकी वृद्धा परम्परागत प्रविधिको प्रयोगबाट तानमा अल्लोकोे कपडा बुन्दै । पर्यटकीय गाउँ सिक्लेसमा स्थानीय स्रोतसाधन र सीपको प्रयोग गरेर विभिन्न सामग्रीहरु तयार गरिन्छ । तस्बिरः रामबहादुर थापा/रासस
-
सुर्खेत, १४ जेठ : दैलेखको भैरवी गाउँपालिका-१ मा रहेको पञ्चकोशी धाममध्येको एक श्रीस्थान क्षेत्रमा रहेको श्रीस्थान खोलामाथि निर्माण गरीएको काठको पुल र पुलमा घाम-पानी छेक्न बनाइएको छाना । तस्बिर सुरेश आचार्य / रासस
-
डुम्रे (तनहुँ), ४ जेठ : तनहुँको भानु नगरपालिका–१ भन्सारमा विद्यालयस्तरीय बृहत् शैक्षिक सामग्री प्रदर्शनी महोत्सव । बालबालिकाको प्रतिभा प्रस्फुटन तथा क्षमता अभिवृद्धिका लागि सामाजिक, गणितीय तथा विज्ञानसम्बन्धी शैक्षिक सामग्री प्रदर्शनीमा राखिएको छ । तस्बिर : मिला दरै/रासस

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’