कला
-
काठमाडौँ, २८ साउनः आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभय…
-
भक्तपुर, २५ साउनः नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध…
-
काठमाडौँ, २५ साउनः काठमाडौँको जोरपाटीमा शुक्रबार रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ‘रमेश विकल समग्र कथाखण्ड’ लोकार्पण गर्दै गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसाल, उपप्रमुख सान्नानी लामालगायत तस्बिरः भेषराज कार्की/रासस
-
काठमाडौँ, २५ साउन : काठमाडौँको जोरपाटीमा शुक्रबार रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आयोजित 'रमेश विकल समग्र कथा, उपन्यास र नाटक खण्ड लोकार्पण कार्यक्रम २०८१' को उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपककुमार रिसाललगायत । तस्बिर : भेषराज कार्की/रासस
-
दमौली(तनहुँ), २५ साउन : नेपाल आदिवासी जनजाति महासङ्घ व्यास नगर परिषद्ले ३० औँ विश्व आदिवासी दिवसका अवसरमा शुक्रबार दमौलीमा आयोजना गरेको र्यालीमा नृत्य प्रस्तुत गरिँदै । तस्बिर : कृष्ण न्यौपाने/रासस
-
लमजुङ, २५ साउनः लमजुङको क्व्होलासोथार गाउँपालिका–४ पर्यटकीय गाउँ भुजुङमा रहेको परम्परागत घुमाउने घर । यहाँ सञ्चालित घरबासमा आउने पर्यटकको रोजाइमा यस घर परेको छ । तस्बिरः जनक श्रेष्ठ/रासस
-
काठमाडौँ, २५ साउनः काठमाडौँ महानगरपालिका–१ स्थित नाग पोखरीमा नागको पूजा आराधना गर्दै भक्तजन । आजको दिन नागको तस्बिर घरको ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । तस्बिर:हरिराम भेटु…
-
काठमाडौँ, २४ साउनः बाइस रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौँ महानगरपालिका–४ मा रहेको शङ्खपार्क र पार्कभित्र राखिएको शङ्ख स्तम्भ । तस्बिरःहरिराम भेटुवाल / रासस
-
दाङ, २४ साउनः दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित गोरक्षसिद्ध रत्ननाथ मठमा भएको नागको आकृति छाप्ने साँचो । छापाखानाको विकास नहुँदासम्म नागको आकृति छाप्नका लागि मानव निर्मित काठको साँचो प्रयोग गरिन्थ्यो। तस्बिरः कुलदीप न्यौपाने/रासस
-
काठमाडौँ, २२ साउन : काठमाडौँ टोखा नगरपालिका-२ मा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल चण्डेश्वरी मन्दिर । तस्बिर : हरिराम भेटुवाल / रासस
-
दिपायल (डोटी), २१ साउनः डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली आज सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिका प्रस्थान गर्दै । तस्बिरः चक्र मल्ल/रासस
-
दमौली, २१ साउनः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित मुक्तिनाथ च्यवनधाममा साउनको तेस्रो सोमबार शिव लिङ्गमा दूध चढाउँदै भक्तजन । यहाँ आजैदेखि शिव महिमा बोलबम सुरु भएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस
-
काभ्रेपलाञ्चोक, २१ साउनः काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा विसं. २०६७ मा स्थापित सङ्ग्रहालय । धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रुपमा इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एकमात्रै सङ्ग्रहालय हो । तस्बिरः राजकुमार पराजुली/रासस
-
भक्तपुर, २१ साउन ः साउनको तेस्रो सोमबार बिहान भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न लामबद्ध भक्तजन । तस्बिर :चन्द्रकला क्षेत्री / रासस
-
काठमाडौँ, २१ साउन : साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरुको घुइँचो । तस्बिर :हरिराम भेटुवाल / रासस
-
काठमाडौँ, २० साउन : ललितपुरको जावलाखेलमा रहेको रातो मछिन्द्रनाथको भोटो देखाउदै गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्य । तस्बिर : प्रदीपराज वन्त/रासस
-
ललितपुर, २० साउनः ललितपुर महानगरपालिका–६ स्थित ऐतिहासिक सुन्धारामा निरन्तर बगिरहेको पानी । कुनै समय यस क्षेत्रका बासिन्दाको खानेपानीको प्रमुख स्रोतको रूपमा रहेको थियो । तस्बिरः रत्न श्रेष्ठ÷रासस
-
भारत (आग्रा), १६ साउनः भारतको उत्तर प्रदेश राज्यको आग्रास्थित प्रसिद्ध पर्यटकीयस्थल ताजमहल । ताजमहल विश्वका सात आश्चर्य स्थलमध्ये एक मानिन्छ । ताजमहलको निर्माण शाहजहाँ ले १६३१ मा पत्नी मुमताज महलको सम्झनामा निर्माण गरिएको हो । तस्बिरः रत्न श्रेष्ठ/रासस
-
काठमाडौं, साउन १५ यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत नमोवुद्ध नगरपालिका ९, दाप्चा, काभ्रेपलाञ्चोककी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय इन्सेकले गरेको छ । इन्सेक कार्यसमितिको २०८१ साउन ७ गते सम्पन्न बैठकले संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयो…
-
सुर्खेत १५ साउनः दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढीको कलात्मक प्रवेशद्वार । यो गढी करिब चौधौँ शताब्दीतिर बनेको भनाई छ । तस्बिरः सुरेश आचार्य/रासस
-
लमजुङ, १५ साउन : बेँसीसहर नगरपालिका ९३ रानिकुवामा नवनिर्मित गाउँसहर प्रवेशद्वार। बेँसीसहर नगरपालिकाको २० लाख बजेट र उपभोक्ताको १० प्रतिशत श्रमदानमा निर्माण गरिएकोयस प्रवेशद्वारको माथिल्लो भागमा लमजुङ दरबार, पुरानोकोट गढी, शान्ति स्तुपा, भगवती मन्दिरको प्रतिकात्मक स्वरुप कलात्मक ढङ्गले निर्माण गरी सिसाले ढाकिएको छ …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता