Category: समाचार
-
सुदूरपश्चिम,२५कात्तिक । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नरहेकाले यो पूरै कार्यकाल टि…
-
धनगढी, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलन गर्नुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । आज (आइतबार) गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संसदीय छानबिन समितिको प्र…
-
काठमाडौँ, २५ कात्तिक । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति सुरु गर…
-
सिमकोट (हुम्ला), २५ कात्तिक । आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उप…
-
काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको उम्मेदवारमा इन्द्रा चन्द सिंहलाई उठाउने भएको छ। आगामी मंसिर १६ गते नलगाड नगरपालिकामा उपप्रमुख पदमा उपनिर्वाचन हुँदै छ। जिल्ला कार्यसमिति जाजरकोटले सिंहको मात्रै नाम प्रदेश समितिलाई सिफारिस गरेको थियो। कांग्रेस कर्णाली प्रदेश संसद…
-
तुलसीपुर (दाङ), २५ कात्तिक । दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ । योज…
-
काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुप…
-
पाटन (ललितपुर), २५ कात्तिक । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त र…
-
काठमाडौं, २५ कात्तिक । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आज (आइतबार) अदालतले अनुमति दिएपछि पक्राउ गरिएको हो । उनलाई अहिले केहीबेरमा विमानमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको गृहमन्त्रालय स्रोतले भन्…
-
काठमाडौं, २५ कात्तिक । ललितपुर महानगरले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको मापदण्ड विपरीतका संरचना भत्काएको छ । महानगरपालिकाले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरेर अनधिकृत संरचना भत्काएको हो । मापदण्ड विपरीतका संरचना भत्काइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले…
-
पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि नेता–कार्यकर्ताहरु विरोध–प्रदर्शनमा उत्रिएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी अनियमितता प्रकरणमा काठमाडौंबाट क…
-
काठमाडौं, २५ कात्तिक । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार, १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्…
-
महेन्द्रनगर (धनुषा), २५ कात्तिक । मिथिलाञ्चलमा आज अक्षय नवमी पर्व मनाइँदै छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व कात्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ । यस पर्वमा अमला (धातृ) रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिन्छ । आफ्नै आँगन वा खेतबारी तथा बगै…
-
काठमाडौँ, २५ कात्तिक । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारक…
-
काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा पेश गरिएको छ । गत २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो…
-
काठमाडौँ, २५ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले सांस्कृतिक पहिचान र समाज सुधारका क्षेत्रमा दिएको योगादन सबै धर्म, सम्प्रदायका लागि अनुकरणीय रहेको बताएका छन् । फाल्गुनन्द जयन्ती, २०८१ का अवसरमा आज शुभकामना दिँदै उनले फाल्गुनन्दले तयार पारेका ‘सत्यधर्म मुच…
-
काठमाडौँ, २५ कात्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू&nda…
-
काठमाडौँ, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित भएका छन् । यही कात्तिक २६ र २७ गते सुर्खेतमा हुने अधिवेशनका लागि कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रबाट तीन सय चार जना प्रतिनिधि निर्वाचित भएका छन् । पार्टीको प्रदेश सम्पर्…
-
म्याग्दी, २५ कात्तिक । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ । एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थ…
-
काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पर…
-
काठमाडौँ, २५ कात्तिक । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल था…
जूनको प्रकाशमा मकै सुकाउने पर्व
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
बराह ताल र हिमालको प्रतिविम्ब
राका गाउँ र तिला नदी
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण