आइतबार १८ माघ, २०८२

राजनिती

  • निर्वाचन विशेष
    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम धमाधम भइरहेको छ । निर्वाचन आयोगले अहिलेसम्मः समानुपातिकतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको र प्रत्यक्षतर्फको छपाइ सुरु भएको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिकतर्फ २ करोड ८ लाख…
  • निर्वाचन विशेष
    काठमाडौँ । निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत भ्रामक, घृणात्मक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। निवेदक धर्मराज तिमिल्सीनाले मिति २०८२/१०/र१२ मा निर्वाचन आयोग, कान्तिपथमा पेश गरेको न…
  • निर्वाचन विशेष
    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अहिले भोट माग्न उम्मेदवारहरु जनताका घरदैलो पुग्न थालेका छन् ।  यसैक्रममा नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा सहभागी हुने व्यवसायीहरूको संख्या पनि बढ्दो छ ।   यसपटक एक दर्जन बढी उद्यमी व्यवसायीहरु चुनाबी मैदानमा छन् ।  उद्योगपतिदेखि बैंकर, प…
  • राजनिती
    काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोमबार (आज) नेपालगञ्ज पुगेका छन् । झापा–५ बाट उम्मेदवारी दर्ता गराएका बालेन पूर्वी पहाडका जिल्लाहरू घुमेर शनिबार काठमाडौं फर्किएका थिए । काठमाडौंमा उनले हिजो (आइतबार) दिनभर राजनीतिक भेटघाट गरेका थिए । त्यसपछि उनी आज सुदूरपश्चिमतर्फ लागे…
  • निर्वाचन विशेष
    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले सर्लाही–४ मा उम्मेदवारी दिएका बताएका छन्। उम्मेदवारी मनोनयन दर्ता गरेको छ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशसँगको सम्बन्ध केवल औपचारिक नभएर गहिरो हुनुपर्ने बताएका छ…
  • निर्वाचन विशेष
    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले सं…
  • निर्वाचन विशेष
    काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गरे । केन्द्रको शुभारम्भ गर्दै उनले निर्वाचनका क्रममा कुनै पनि निर्वाचन क्षेत्रमा दे…
  • राजनिती
    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ९ बजे मतदान सुरु भएको थियो । दिउँसो ३ बजेसम्म मतदानको समय तय भएको थियो । निर्धारित समयमै मतदान सम्पन्न भएको छ । मतदानको कार्य शान्तिपूर्ण र उत्साहजन रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका सहस…
  • निर्वाचन विशेष
    काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २…
  • निर्वाचन विशेष
    काठमाडौं । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल हुने भएको छ । यसका लागि पार्टीहरुले ३ बुँदे सहमति गरेका छन् । सहमतिपत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा शोवले हस्ताक्षर गरेका छ्न् ।
  • राजनिती
    कास्की । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिए । मित्रकोटी पोखरामा व्यवसाय गर्छिन् । उनी पहिले राष्ट्रिय स्वतन्त्र …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत पब्लिक डिबेटका लागि आफू तयार रहेको घोषणा गरेपछि बालेनले त्यसमा तीव्र प्रतिक्रिया दिएका छन्। बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने भनी प्रश्न समेत गरेका हुन् । उनले लेखेका छन्, ‘आफूलाई देश जला…
  • निर्वाचन विशेष
    काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो र सभा-सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने छैनन् । 'दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभ…
  • मुख्य समाचार
    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा कारोबार गर्न पाइने सीमा घटाइएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले कतिपय क्षेत्रहरूमा अझै पनि अपारदर्शी ढङ्गले काम भइरहेको बताए । साथै, गलत तरिकाले आर्…
  • मुख्य समाचार
    जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ । मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो । आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअन…
  • निर्वाचन विशेष
    काठमाडौं । प्रतिनीधिसभाका लागि मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगमा देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । ५ जनाविरुद्ध दाबी विरोध परेकोमा  १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत र…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ । शुक्रवार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने…
  • निर्वाचन विशेष
    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश भएको छ । उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेश गरेका हुन् । उनले विभिन्न बुँदा…
  • निर्वाचन विशेष
    प्युठान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै एक महिला उभिएकी छन् । ती हुन्, सीता विक सम्झना । स्वर्गद्वारी नगरपालिका– ९, गोठीबाङकी सम्झना …
  • निर्वाचन विशेष
    ओखलढुङ्गा । ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचन लड्न स्वतन्त्र मनोनयन दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए । तर एमालेबाट विद्रोह गरेर…
  • समाज
    काठमाडौं । देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ …