Category: अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    श्रीलङ्काको दक्षिणमा रहेको हम्बनटोटा बन्दरगाहलाई म्यान्मासँग जोडिने भएको छ । बन्दरगाहलाई विस्तार गर्ने र म्यान्मासँग जोड्ने योजनाबारे राष्ट्रपति रनिल विक्रमासिङ्घेले छलफलका क्रममा अधिकारीहरूसँग राख्नुभएको राष्ट्रपतिको सञ्चार विभागले जनाएको हो । राष्ट्रपति विक्रमासिङ्घेले विशेष गरी पूर्वी प्रान्त, कोलम्बो सिटी, पश्चिमी क्षेत्र र ग्र…
  • अन्तरास्ट्रिय
    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गर्नुभएको छ । उहाँले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गर्नुभयो । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनक…
  • अन्तरास्ट्रिय
    जनवरी महिनामा ६०० भन्दा बढी श्रीलङ्कालीहरू कृषि क्षेत्रको कामका लागि इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताउनुभएको छ। उहाँले गत जनवरीमा ६०२ जना श्रीलङ्काली कृषि कार्यका लागि श्रीलङ्ला गएको बताउनु भएको छ। मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर…
  • अन्तरास्ट्रिय
    थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको छ महिनापछि आइतबार पेरोलमा रिहा हुनुभएको छ । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो । शर्तहरू पालना नभएको अवस्थामा उनीहरूलाई पुनः गिरफ्तार गरी जेलमा फिर्ता गर्न सक…
  • अन्तरास्ट्रिय
    दुई युरोपेली महाशक्तिसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार जर्मनीको राजधानी बर्लिन र फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेभएको छ । युक्रेनमा जारी युद्ध तेस्रो वर्षमा प्रवेश गर्न लागेका बेला जेलेन्स्कीले म्यूनिख सुरक्षा सम्मेलनमा आर्थिक सहयोग र हतियारमा निरन्तर सहयोगका लागि आफ्नो प्…
  • अन्तरास्ट्रिय
    आतङ्कवाद र तोडफोड’ कार्यमा बुधबार बिहान इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनहरूमा दुई वटा विस्फोट भएको सरकारी मिडियाले बताएको छ । “आतङ्कवाद र तोडफोडको यो कार्य राति करिब एक बजे दुई स्थानमा गरिएको थियो”, नेसनल इरानी ग्यास कम्पनीका प्रबन्धक सइद अघलीले ऊर्जा मन्त्रालयको आधिकारिक साना…
  • अन्तरास्ट्रिय
    शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् । भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् । भिक्टोरिया प्रहरीले एक वि…
  • अन्तरास्ट्रिय
    विगत दुई वर्षमा अफगानिस्तानको स्वास्थ्य सेवामा सुधार आएको अफगान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनु भयो । उहाँले महिलाहरूलाई स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर पनि प्रदान गरिएको दावी गर्नुभयो । अफगानिस्तानमा तालिवान नेतृत्वमा सरकार गठन भएपछि हजारौँ किशोरी तथा महिला कामदारहरूलाई त्यहाँको इस्लाम कानूनको …
  • अन्तरास्ट्रिय
    काठमाडौँ, १ फागुन : नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई …
  • अन्तरास्ट्रिय
    युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा "थुप्रै मानिसहरू" मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गर्नु भएको छ । अल जजीराले उल्लेख गरे अनुसार इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै ब…
  • अन्तरास्ट्रिय
    फिनल्याण्डमा राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा राति ९ बजे आउने प्रक्षेपण गरिएको छ । चुनावको अन्तिम चरण आइतबार बिहानदेखी शुरु भएको हो । मतदाताहरूले स्थानीय समय अनुसार बिहान ९ बजेदेखि आफ्नो मतदान गरेका थिए। फिनले राष्ट्रिय गठबन्धनका लागि राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री अलेक्ज्याण्डर स्टब र स्वतन्त्र हरित उम्मे…
  • अन्तरास्ट्रिय
    चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको थियो । सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् …
  • अन्तरास्ट्रिय
    गाजाको दक्षिणी शहर रफाहमा इजरायली आक्रमणपूर्व इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विस्थापित प्यालेष्टिनी नागरिकहरूलाई ‘सुरक्षित मार्ग’ दिइने बताउनुभएको छ । नेतन्याहूले आइतबार प्रसारित एक अन्तर्वार्तामा हमासविरुद्ध इजरायलको सैन्य अभियानलाई रफाहसम्म विस्तार गर्ने बताउनुभएको छ । गाजापट्टीको २४ लाख जनसङ्…
  • अन्तरास्ट्रिय
    युरोपेली संसद् र सदस्य राष्ट्रहरूबीच शनिबार बिहानै युरोपेली सङ्घ (ईयू) को बजेटरी नियममा सुधार गर्ने विषयमा सहमति भएको छ । यस पाठले सन् १९९० को दशकको उत्तराद्र्धमा सिर्जना गरिएको स्थिरता र विकास सम्झौताको रूपमा चिनिने वर्तमान नियमहरूलाई आधुनिकीकरण गरेको छ । यसले देशहरूको ऋणलाई कुल गार्हस्थ उत्पादनको ६० प्रतिशतमा स…
  • अन्तरास्ट्रिय
    श्रीलङ्कामा सन् २०२४ को जनवरीमा सन् २०२३ को जनवरीको तुलनामा ११.४ प्रतिशतले बढी विप्रेषण आएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६ लाख अमेरिकी डलर विप्रेषण आएको छ सन् २०२३ को जनवरीमा ४३ करोड ७५ लाख डलर रेमिट…
  • अन्तरास्ट्रिय
    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार शान्तिका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । सन् २०२४ को प्राथमिकताबारे न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले न्यायपूर्ण र दिगो शान्ति कायम गर्न संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानून अनुरूप शान्तिका लागि काम गर्नु आवश्…
  • अन्तरास्ट्रिय
    फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ । वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन । दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्न…
  • अन्तरास्ट्रिय
    काठमाडौँ, २६ माघ : नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उहाँको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्…
  • अन्तरास्ट्रिय
    मूल्य अभिवृद्धि कर (भ्याट) बढेपछि जनवरीमा श्रीलङ्काको राजस्व २५ प्रतिशतले बढेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले बिहीबार जानकारी दिनु भएको छ । संसदलाई सम्बोधन गर्दै सियामबालापिटियाले जनवरीमा प्रदेशको राजस्व २ खर्ब १९ अर्ब रुपैयाँ अनुमान गरे पनि सरकारले २०२४ माघमा २७४ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको बताउनु भएक…
  • अन्तरास्ट्रिय
    स्विडेन सरकारले लाल सागरमा हुने दुई वटा नौसैनिक अभियानमा भाग लिने बारे विचार गरिरहेको विदेश मन्त्री टोबियास बिलस्ट्रोमले बिहीबार बताउनु भएको छ । स्वीडेनले अमेरिकाले शुरु गरेको अपरेशन प्रोस्परिटी गार्डियन र ईयु नेतृत्वको अपरेशन एस्पाइड्समा सामेल हुने योजना बनाएको बिलस्ट्रोमले विदेश मामिला समिति तथा रक्षा समितिसँगक…
  • अन्तरास्ट्रिय
    दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने अन्य ११० जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। डाभाओ डे ओरो प्रान्तीय सरकारले माको शहरको खानी स्थल नजिक मङ्गलबार राति गएको पहिरोमा ३१ जना गाउँले घाइते भएको बताएको छ । माको नगर…