Category: विविध
-
बरहथवा (सर्लाही), १४ कात्तिक । सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए …
-
काठमाडौँ, १४ कात्तिक । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, …
-
धनगढी, १४ कात्तिक । कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने निर्णय गरिएको छ । तिहारको समयमा कानून विपरीतका अवाच्छित गतिविधि हुनसक्ने बताउँदै देउसी भैलो, नाचगान जस्ता मनोरञ्जनात्मक कार्यहरु राति १० बजेपछि गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ । आधुनिकताको नाममा नेपाली …
-
विराटनगर, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गरे । सहकारी संस्थाहरुको…
-
नवलपुर (नवलपरासी), १४ कात्तिक । नवलपरासी (बर्दघाट–सूस्तापूर्व) को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाले फूलको बीउमा अनुदान तथा प्राविधिक सहयोग ग…
-
काठमाडौँ, १४ कात्तिक । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका…
-
रामपुर (पाल्पा), १४ कात्तिक । भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो । यहाँका २५ किसानलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रकम उपलब्ध गराइएको छ । किसानलाई दुहुनो भैँसीपालनका लागि ४० हजारका दरले २५ …
-
गण्डकी, १४ कात्तिक । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले अब भने यस नाकाबाट आवतजावत…
-
काठमाडौं, १४ कात्तिक । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थ…
-
काठमाडौं, १४ कात्तिक । काठमाडौं महानगरले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन स्थानमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी दिएको छ । उक्त खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । स…
-
काठमाडौं, १४ कात्तिक । रेड पाण्डाको छालासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार, पक्राउ पर्नेमा बाग्लुङ वरेङ गाउँपालिका–३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा छन् । उनलाई मंगलबार दिउँसो प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुले पक्राउ गरेको हो । रेड पाण्डाको छाला खरिदबिक्री हुन…
-
काठमाडौं, १४ कात्तिक । सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैँया नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला २२०० रुपैयाँ महँगो हो । अघिल्लो दिन १ लाख ६८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । …
-
काठमाडौं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु हुने खेल हेर्न रंगशाला जाने भएका हुन् । त्यहाँ प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । …
-
चितवन, १४ कात्तिक । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो । स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्…
-
तनहुँ १४ कात्तिक । आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारमा उत्पादित सयपत्री फूल कतार निर्यात भएको छ । पहिलो चरणमा ‘ए ग्रेड’ गरिएका एक सय ५० किलो सयपत्री दोहा पठाइएको हो । कृषि प्राविधिकले ग्रेडिङ गरेपछि फूल निर्यात गरिएको याञ्चोकटार महिलाहरुलाई फूल टिप्न व्यस्त छन् । समूहकी अध्य…
-
पाटन (ललितपुर), १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उनको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गरेका छन् । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्म…
-
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्रीले नेपाल टेलिकम…
-
झापा, १४ कात्तिक । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको बताए । …
-
काठमाडौं, १४ कात्तिक । संसदीय सुनुवाइ समितिले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको छ । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुला भएको छ उनीमाथि आज संसदीय सुनुवाइ भएको थियो । लम्सालले समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनले युरोपेली मुलुक …
-
काठमाडौँ, १४ कात्तिक । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जार…
-
काठमाडौँ, १४ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु