समाज
-
ललितपुर, १० जेठ ः ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर लगिँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा ‘याक मिसाया भूज्या’ भनिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
-
काठमाडौं, जेठ ९ विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री मद्भागवत कथा पुरा…
-
सुर्खेत, ८ जेठ : दैलेखको भैरवी गाउँपालिका–१ मा रहेको पञ्चकोशी धाममध्यको एक पवित्र तीर्थस्थल श्रीस्थान क्षेत्र । श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहे…
-
त्रिवेणी (नवलपरासी), ६ जेठ ः नवलपुरको अमलटारी घरबास गाउँमा थारु समुदायको वेषभूषामा सजिएर पाहुनाको स्वागतमा बसेका महिलाहरु । तस्बिर ः दयाराम आचार्य÷रासस
-
ढोरपाटन, ६ जेठः बसाइँसराइले रित्तिदै गएको बागलुङको जैमिनी नगरपालिका–५ स्थित बिनामारे गाउँ । एक दशक अगाडिसम्म ८८ घरपरिवार रहेकोमा अहिले करिब ३० घरपरिवार मात्र रहेका छन् । यहाँबाट दैनिक बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
-
सुर्खेत, ६ जेठः सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल गुराँसेबजार र आसपासको क्षेत्र । यो क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । तस्बिरः सुरेश आचार्य/रासस
-
ढोरपाटन, ६ जेठः बसाइँसराइले रित्तिदै गएको बागलुङको जैमिनी नगरपालिका–५ स्थित बिनामारे गाउँ । एक दशक अगाडिसम्म ८८ घरपरिवार रहेकोमा अहिले करिब ३० घरपरिवार मात्र रहेका छन् । यहाँबाट दैनिक बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
-
ताप्लेजुङ, ३ जेठ : ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्यालीमा जातिय भेषभुषा सहित सहभागीहरु । सदरमुकाम फुङ्लिङमा सञ्चालित उक्त महोत्सव आगामी ७ गते सम्म सञ्चालन हुने छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस
-
म्याग्दी, ३ जेठ : म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
-
मुस्ताङ, ३ जेठ ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगँैचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।छुसाङदेखि मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीलाई अर्धनिषेधित क्षेत्र बनाइएको छ । स्थानीयबासीले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । तस्विर ः सन्तोष गौतम…
-
दाङ, १ जेठ : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित गुरुकुल एकेडेमीमा मङ्गलबार सांस्कृतिक पोसाकमा विद्यालय उपस्थित भएका विद्यार्थी । हरेक महिनाको पहिलो दिन विद्यार्थी सांस्कृतिक पोसाकमा विद्यालय उपस्थित हुँदै आएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
-
काठमाडौँ,१ जेठ : काठमाडौँ महानगरपालिका–८ बागमती नदीको किनारमा अवस्थित ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थलका रुपमा रहेको पशुपतिनाथ मन्दिर । सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो । तस्बिर : विमलराज विष्ट/रासस
-
बैतडी, ३१ वैशाख : बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकमा रहेको श्रीकोट बुहुमुखी क्याम्पसले क्याम्पस-समुदाय सहकार्य कार्यक्रम अन्तर्गत वातावरणीय सरसफाइ अभियानमा सहभागीहरु । तस्बिर : विनोदसिंह विष्ट /रासस
-
म्याग्दी (बेनी), ३० वैशाख ः म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीयस्थल लभ्लिहिलबाट देखिएको बेनीबजारको सुन्दर दृश्य । तस्बिर ः कमल खत्री÷रासस
-
कञ्चनपुर, ३० वैशाख ः चुरे क्षेत्रको धार्मिक पर्यटकीय गाउँ नायलका महिलाहरु रुखमा चढेर पाकेको काफल टिप्दै । काफल टिप्नका लागि नाईल गाउँमा कैलाली कञ्चनपुर क्षेत्रका बासिन्दा पुग्ने गरेका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
-
दाङ, ३० वैशाख : दाङको घोराही उपमहानगरपालिका-१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
-
काठमाडौं, बैशाख २७ महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरिएको छ । वड…
-
अत्तरिया (कैलाली), २७ वैशाख ः कैलालीको चुरे गाउँपालिका–४ तुडेपानीमा स्थानीयको घरमा बनाएर राखिएको दाउराको माच ‘कुनिउँ’ । यहाँ खाना पकाउन, आगो ताप्न दाउराको प्रयोग गर्ने गरिन्छ । तस्बिर ः सुरेन्द्रबहादुर ताम्राकार÷रासस
-
कामठाडौँ, २५ वैशाखः सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौँ उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ८९ मा झरेको छ । सो तथ्याङ्क अनुसार मङ्गलबार दिउँसो भने गुणस्तर सूचकांक (एक्यूआई) एक सय २७ सम्म…
-
दमौली (तनहुँ), २४ वैशाख ः तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटबाट देखिएको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणस्थलको दृश्य । बेनीकोटबाट तनहुँ जलविद्युत आयोजना, दमौली बजारलगायत आसपासका बस्ती देखिन्छ । तस्बिर ः कृष्ण न्यौपाने /रासस
-
दाङ, २३ वैशाखः दाङको घोराही उपमहानगरपालिका–१५,जिल्ला समन्वय समितिस्थित सडकमा ढकमक्क फुलेको गुलमोहर फूल । फूललाई पृष्ठभूमि पारेर शनिबार बेलुका तस्बिर खिच्दै सर्वसाधारण । तस्बिरः कुलदीप न्यौपाने/रासस

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा